काठमाडौं, ११ माघ । वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीबारे प्रधानमन्त्रीको केपी शर्मा ओलीको दिएको अभिव्यक्तिप्रति बारका चार पूर्व अध्यक्षले आपति जनाएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बारका पूर्व अध्यक्षहरूले ‘राजतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार नगरिएको’ बताएका छन् । उनीहरुले एक विज्ञप्ति सार्वजनिक गर्दै कानुन व्यवसायीका सबैभन्दा ज्येष्ठ सदस्यको अपमान र मानमर्दन भएको बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति सबै कानुन व्यवसायमाथिकै सत्तापक्षद्वारा निर्लज्ज प्रहार भएको उनीहरुको निष्कर्ष छ ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, ‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

प्रधानमन्त्रीको अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मूकदर्शक भएर सहन नसकिने भएकाले विज्ञप्ति निकाल्नु परेको उनीहरुले बताएका छन् ।

‘२०१३ सालदेखि संस्थागत स्वरुप ग्रहण गरेको कानुन व्यवसायलाई तमासा देखाएको भनि राजतन्त्रकालमा समेत सत्तापक्षद्वारा यस प्रकारको निर्लज्ज प्रहार भएको थिएन’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस् विज्ञप्ती

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah