काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । उनले बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म एकघण्टा विशेष पूजा गरेको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।“देशबासीलाई राम्रो होस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले विशेष पूजा गर्नुभएको हो,” उनले भने, “उहाँले एकघण्टा विशेष पूजा गर्नुभएको हो।”



