काठमाडौं।नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि २०० ले घटेको हो ।अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रहेको छापावाल सुनको मूल्य सोमबार ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।तेजाबी सुनको मूल्य सोमबारका प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य भने स्थिर छ।चाँदी तोलाको १२सय ६०रुपैयाँमा कारोबार भइरहेको छ।चाँदीको मूल्य हिजो पनि घटबढ भएको थिएन ।सुनचाँदीको मूल्य पछिल्लो तीन साताको अन्तरालमा सामान्य घटबढ भइरहेको छ ।



