झापाको दमक २ मा एक ९ बर्षिया बालिकाको हत्या आफ्नै छिमेकी लक्ष्मि अधिकारीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी श्रोतले बताएको छ । ९ बर्षिय गंगा दाहालको घर नजिकैका ४५ बर्षिय अधिकारीले हत्या गरेको पाईएको प्रहरी श्रोतले बताएको हो ।
आज शुक्रबार म्याद थप गर्न अधिकारीलाइ अदालत लगिएको र म्याद थप भएपछि घटना सार्वजनिक गरिने प्रहरीको भनाइ रहेको छ ।
दिदी मन्जु दाहालको संलग्नताको बिषयमा भने अझै प्रष्ट भइनसकेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले सबै घटना बिवरण शुक्रबार साँझसम्ममा सार्वजनिक गरिने जनाए ।
हत्या मै दिदीको संलग्नता भए नभएको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको उनले जनाए । बालिकाको हत्या हुँदा दिदी मन्जुमात्र घरमा थिइन् ।
दिदीको संलग्नतामा नै बहिनीको हत्या भएको हुनसक्ने अड्कल बाजि भइरहदा प्रहरीले भने अझै यस बिषयमा केहि खुलाएको छैन । बुधबार साँझ बन्चरोले हानेर बालिकाको बर्बर र बिभत्स हत्या भएको थियो ।
घटनाका कारण र हत्यामा संलग्नता दुबै बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको भएकाले शुक्रबार दिनभरमा एउटा निचोडमा पुगिन सकिने प्रहरीको भनाइ छ ।
दिदी मन्जु हत्यामा नै प्रत्यक्ष संलग्नता भने नभेटिएको प्रहरी श्रोत बताउछ ।



