जाडो मौसममा मानिसहरूलाई कम तिर्खा लाग्छ। तर जब कम तिर्खा लाग्छ, शरीरलाई पानी चाहिंदैन भन्ने नसोच्नुहोस्।
तपाईंलाई थाहा नहुन सक्छ पानीको अभावले तपाईंको शरीरले बिस्तारै डिहाइड्रेट गर्न थाल्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार डिहाईड्रेसनले शरीरको प्रमुख अङ्गहरूमा नराम्रो असर पार्छ।
हामी यहाँ डिहाईड्रेसनले हाम्रो स्वास्थ्यलाई कसरी भयानक जोखिम निम्त्याउन सक्छ भन्ने विषयमा तपाईँलाई जानकारी दिदैँछौँ ।
डिहाईड्रेसनको कारण, इलेक्ट्रोलाइटको स्तर धेरै कम हुन्छ, जसले दिमागमा धेरै समस्याहरू निम्त्याउन सक्छ।
इलेक्ट्रोलाइट्स पोटेशियम र सोडियम जस्ता खनिज पदार्थहरू हुन् जसले कोषहरू बीचको संकेत पठाउने कार्य गर्दछ।
मेयो क्लिनिकका अनुसार यदि तपाईको इलेक्ट्रोलाइट्स कम छ भने, तिनीहरु कोशिकालाई संकेत पठाउन सक्षम हुँदैनन र यसले मांसपेशी दुख्नेदेखि छट्पटी हुने, अचानक बेहोस हुने जस्ता समस्या देखिन सक्छ ।
जब शरीरमा पानीको कमी हुन्छ तब कोषिकाहरूले मस्तिष्कलाई तपाईं तिर्खाउनुभएको छ भन्ने सिग्नल पठाउँछन्। यद्यपि डिहाइड्रेशनले दिमागलाई अन्य तरिकाले असर गर्छ।
डिहाईड्रसन सीधा असर मुड र स्फूर्तिसँग सम्बन्धित छ। अमेरिकन कलेज अफ न्युट्रिशन पत्रिकाका अनुसार डिहाईड्रेसन २ प्रतिशत मात्र भएको व्यक्तिले पनि ध्यानपूर्वक गरिने कुनै काम बिगार्न सक्छ। डिहाईड्रेसनको असर मानिसको स्मरणशक्तिमा पनि पर्दछ ।
जब शरीरमा पानीको अभाव हुन्छ तब कोषिकाहरूले हाइपोथैलेमसलाई संकेत पठाउँछन् जसले भासोप्रेसिन भन्ने हार्मोन उत्पादन गर्दछ ।
एन्टिडाइरेक्टिक हर्मोन (एडीएच) को रूपमा पनि चिनिन्छ। यो हर्मोनले मिर्गौलालाई रगतबाट कम पानी निकाल्न संकेत दिन्छ । जसकारण पिसाब, गाढा पहेलो रङगको थोरै पिसाब आउँछ ।
किडनी रगतको मुख्य फिल्टर हो र पर्याप्त तरल पदार्थ बिना किड्नीले शरीरबाट विषात्त पदार्थहरु निकाल्न सक्दैन ।
डाक्टर बुशले भनेका छन्, ‘आश्चर्यको कुरा, तपाईको मिर्गौला एक दिनमा ५५ ग्यालिन तरल पदार्थ बोक्न सक्षम छ।’
लामो समयसम्म पानी नपिउनाले किड्नीलाई धेरै मेहनत गर्नुपर्दछ । नेशनल किड्नी फाउन्डेसनका अनुसार यसकारण मृगौलामा चोट पुग्न सक्छ र तपाईँ किड्नीको बिरामी पनि हुन सक्नुहुन्छ । शरीरमा पानीको कमिको कारण पथ्थरीको पनि समस्या हुन शुरु हुन्छ ।
मेयो क्लिनिकका अनुसार जो मानिस गर्मी तथा सुख्खा मौसममा बस्छन् उनीहरुलाई अन्य मानिसको तुलनामा बढी पसिना आउँछ । ती मानिसहरुका लागि पानी कम पिउनु बढी हानिकारक रहेको छ ।
रगत बनाउन शरीरलाई तरल पदार्थको आवश्यक पर्दछ। जब शरीरमा तरल पदार्थको अभाव हुन्छ तब रगतको स्तर पनि कम हुन्छ।
प्रसिद्ध डाईटियन स्टेफनस्की भन्छन्, ‘शरीरमा उचित रक्तचाप कायम गर्न पर्याप्त तरल पदार्थको आवश्यक पर्छ।’ शरीरमा पानीको अभावका कारण, हाइपोटोन वा कम रक्तचाप हुन सक्छ । यसकारण व्यक्ति बेहोस पनि हुन सक्छ।
यु एस नेश्नल लाइब्रेरी अफ मेडिसिनका अनुसार डिहाइड्रसनको गम्भीर अवस्थाको कारण हाइपोभोलिमिक अट्याक जस्तो इमर्जेन्सी हालत पनि आउन सक्छ ।
रगतमा अक्सिजनको पनि कमी हुन थाल्छ र रगतको कमीको कारण रगत शरीरभरि फैलिंदैन ।
जसका कारण शरीरका धेरै अंगहरू काम गर्न असक्षम हुन्छन् ।
डाक्टर बुश भन्छन ‘यसका कारणले टाउको दुख्ने, चक्कर आउने, आँखामा दबाब, सेक्स ड्राइभको कमी वा निन्द्रा नलाग्ने जस्ता समस्याहरू हुन सक्छन्।
पाचन प्रणालीमा प्रभाव :
पाचन प्रणालीलाई ठीकसँग कार्य गर्न पर्याप्त पानी चाहिन्छ। फोहोर पदार्थ पानीबाट मात्र शरीर बाहिर आउँछ र पाचन प्रणाली स्वस्थ रहन्छ। स्टेफन्स्की भन्छन् ‘शरीरमा तरलताको अभावले शौच क्रियामा पनि असर पर्न सक्छ ।’
छालामा प्रभाव :
पानीको अभावले पनि छालामा प्रत्यक्ष असर गर्दछ। पानीको अभावका कारण छाला सुक्न थाल्छ र ओठ फुट्न थाल्छ। यसकारण राम्रो स्वास्थ्य र राम्रो स्किनका लागि हाइड्रेसन हुनु महत्त्वपूर्ण छ।



