झापाको दमक २ मा बालिकाको हत्याको बिषयलाइ लिएर सर्वसाधरणहरुको इलाका प्रहरी कार्यालय दमकमा भिड लागेको छ । अपराधिलाइ कडाभन्दा कडा कार्वाही गर्नका लागि स्थानीयहरुले माग गरेकाछन् ।
९ बर्षिया बालिका गंगा दाहालको हत्या बर्बर भएको उनिहरुको भनाइ रहेको छ । मुखमा कपडा कोचेको, प्लाष्टिक हातमा लगाएर हतियार प्रयोग भएको र त्यो प्लाष्टिक जलाउन खोजिएको, दिदी मन्जुले घटनापछि लुगा धोएर सुकाएको लगायतको कार्यहरु देखिएको भन्दै स्थानीयले अपराधिहरु कसैलाइ पनि उन्मुक्ति दिनु नहुने भन्दै इलाका प्रहरी कार्यालयको परिसरमा भेला भएकाछन् ।
शुरुमा मुख थुनेर मार्ने खोजेपनि त्यो नभएपछि बन्चरोको प्रयोग भएको स्थानीयको आरोप छ । यद्यपि प्रहरीले दिदीको हत्यामा संलग्नताको बिषयमा अझै प्रष्ट भइनसकेको जनाउदै आएको छ । तर स्थानीयहरु यो पत्याउन तयार छैनन् ।
मुख्य हत्यारा भनिएका लक्ष्मिप्रसाद अधिकारी उक्त घरमा बारम्बार आइरहने गरेको देखेको पनि स्थानीयहरुले बताएकाछन् । घटनापछि गाँउ पुरै स्तब्ध बनेको छ भने गाँउलेहरु प्रहरी कार्यालयमा आएर अपराधिलाइ हदैसम्म कार्वाही गर्नका लागि दबाब दिइरहेकाछन् ।



