काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउनको लागि डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ।

नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले काठमाडौँलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौँको सूचना प्रविधिलाई अहिलेको भन्दा थप सर्वसुलभ बनाउने उद्देश्यसहित काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डिजाइन तथा डीपीआरको काम सुरु भएको जानकारी दिए।

फाइबर बिछ्याउने क्रममा कति लम्बाइको डक तथा कति फाइबर चाहिन्छ, कति ठाउँमा ‘पिकअप’ र ‘सेलेसिङ’ गर्नुपर्छ, कति लागत पर्न आउँछ लगायतका विषयमा डिजाइन र डीपीआरको काम सुरु गरिएको अधिकारीको भनाई छ।

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम र नेपाली सेनाबीच भएको समझदारी (एमओयू) अनुसार टेलिकमलाई चाहिने अप्टिकल फाइबरसँग सम्बन्धित आफ्नो ‘एसफिकेसन’ नेपाली सेनाको दु्रतमार्ग आयोजनालाई पठाइसकिएको छ । टेलिकम र नेपाली सेनाबीच पुस १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

अब नेपाली सेनाले द्रुतमार्ग निर्माणका क्रममा अप्टिकल फाइबरसँग सम्बन्धित टेलिकमको ‘एसफिकेसन’ अनुसारको ‘डक’ र त्यसमा अप्टिकल फाइबर राख्नेछ । काम सम्पन्न भइसकेपछि सेनाले सो फाइबर टेलिकमलाई हस्तान्तरण गर्नेछ।

फाइबर बिछ्याउने क्रममा टेलिकम र सेनाको प्राविधिक टोलीले संयुक्त अनुगमन गर्ने छन् । प्रबन्ध निर्देशक अधिकारीले भने, ‘फाइबर बिछ्याउन लाग्ने खर्च टेलिकमले नेपाली सेनालाई उपलब्ध गराउने छ । द्रुतमार्गमा फाइबर बिछ्याउन टेलिकमले बोलपत्र आह्वान गर्नुपर्दैन । द्रुतमार्ग निर्माण गर्ने कम्पनीले नै फाइबर बिछ्याउने कामसमेत गर्नेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah