सिन्धुपाल्चोकमा एक युवतीलाई मोटरसाइकलमा राखेर एकान्तस्थानमा लगी बलात्कार र गहना लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ गुन्टे गाउँका २४ वर्षीय कैलास भन्ने रोहन नेपाली रहेका छन्।
उनले गत असोज १५ गते बेलुका एक युवतीलाई घर पुर्याइदिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घर तर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी जुगल गाउँपालिका–४ स्थित मान्जे भन्ने ठाँउमा लगी जवर्जस्ती करणी र गहना लुटपाट गरेको प्रहरीले जनाएको छ।
घटना पश्चात फरार भएका कैलाश भन्ने रोहन नेपालीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंको कलंकीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको जनाएको छ।



