मानव बस्तीमा ईटा उद्याेग खाेल्ने तयारी गरेपछि स्थानियवासी बिराेधमा उत्रिएका छन् । झापाकाे कमल गाँउपालिका १ स्थित रतनचाैनमा गाउँलेकाे असहमति हुदाहुदै जवरजस्ती उद्याेग खाेल्न लागेकाे भन्दै पत्रकार सम्मेलन गरेर कुनै हालतमा उद्याेग खाेल्न नदिने बताएका हुन ।
दमकका उद्याेगी गुणराज थापाले स्थानियहरुकाे बिराेधका वावजुत , प्रदुषण फैलाउने र मानव बस्तिलाई विस्थापित गराउने उद्याेग खाेल्ने तयारीकाे बर्षाैदेखि विराेध गर्दै अाएकाे स्थानियहरु बताउँछन् ।
उद्याेगिले पहिले कुरामात्र गर्ने गरेकाे तर यसपटक उद्याेगकालागी संरचना निर्माण गर्न भन्दै सामान झार्नथालेपछि स्थानियहरु अझ बढि त्रशीत भएकाे बताउँछन ।
गाँउघरमा उद्याेग खाेल्नु राम्राे भएपनि स्थानियहरुकाे विराेधलाई वेवास्था गर्ने र पेलेर जाने उद्याेगीकाे रबैयालाई स्थानियहरुले विराेध गरेकाे स्थानियहरुले बताएका छन् ।
स्थानिय सरकारले समेत अनुमति नदिएकाे उद्याेग खाेल्ने उद्याेगीले बताईरहँदा ,यसकाे अनुमति सम्वन्धित निकायबाट लिनकालागी पहल गरिरहेकाे बुझिएकाे छ । पैसा र अाफ्नाे निकटका सम्बन्ध भएका मानिसहरुलाई प्रलाेभनमा पारि मानव स्वास्थ र स्थानियलाई विस्थापित गराउने उद्याेग खाेलिए उद्याेग विरुद्ध जुनसुकै कदम चाल्ने स्थानियहरु बताउँछन ।



