काठमाडौं।समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।उनलाई त्रिपुरेश्वरस्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो।उखु किसानको लाखौं रुपैयाँ भुक्तानी गर्छु भनी प्रतिबद्धता गरेको तर समयमा भुक्तानी नगरेका कारण उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।राकेशको स्वामित्वमा नवलपरासीको प्रतापपुरम रहेको इन्दिरा सुगर मिलले किसानले पाँच करोड भुक्तानी दिन बाँकी रहेको किसानहरुले बताएका छन्।अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज भने सर्लाहीमा छ । सो उद्योगले किसानको १७ करोड बक्यौता र्तिन बाँकी रहेको छ । उनी यसअघि पनि किसानको रकम भुक्तानी नदिएको आरोपमा २०७५ कात्तिकमा पक्राउ परेका थिए।



