काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना पूर्व अध्यक्षहरुलाई छुट्टाछुट्टै जिम्मेवारी दिएको छ । महासंघलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन महत्वपूर्ण योगदान दिएको भन्दै महासंघले वर्तमान कार्यकारिणी समितिमा समेत रहने गरि आफ्ना भूतपूर्व ८ जना अध्यक्षहरुलाई विभिन्न समितिको जिम्मेवारी दिएको हो ।

बिहिबार बसेको महासंघको कार्यकारिणी समितिको बैठकले निवर्तमान अध्यक्ष भवानी राणालाई महासंघको सदस्य समिति सहित नेपाल–इण्डिया ज्वाइन्ट विजनेश फोरमको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै, पूर्व अध्यक्षहरु महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्य ज्योतिलाई व्यावसायिक आचार संहिता फोरम, प्रदिपकुमार श्रेष्ठलाई कन्फिडिरेशन अफ एशियन–प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिज (सीएसीसीआई), रविभक्त श्रेष्ठलाई अनुशासन समिति, विनोदबहादुर श्रेष्ठलाई नेपाल–चीन नन्–गर्भमेन्टल को–अपरेशन फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति र सुरज वैद्यलाई अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी दिने निर्णय गरेको छ ।

जिम्मेवरी पाएका पूर्व अध्यक्षहरुलाई आजै महासंघका वर्तमान् अध्यक्ष शेखर गोल्छाले जिम्मेवारीको औपचारिक पत्रसमेत हस्तान्तरण गरिसकेका छन् । जिम्मेवारी पत्र हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले महासंघको अझ वृद्धि विकास एव सफलताका लागि वर्तमान कार्यकारिणी समितिलाई पूर्व अध्यक्षहरुबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah