काठमाडौं।सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा आज पनि ५०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ।यस्तै तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ रहेको छ।यसैगरी आइतबार १३ सय २० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्यतोलामा ८० रुपैंयाले बढेर १४०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।



