२८ जेठ । आन्दोलनरत राजपालाई फकाउन शेर बहादुर देउवा नेतृत्वको सरकार आज पनि असफल बनेको छ ।

सहमती जुटाउन भन्दै सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) वीचको बैठक आज बिहानैदेखी बसेको थियो ।  आजको बैठकमा सुरुमा असार १४ को चुनाव सार्न माग गर्दै आएको राजपाले २ नम्बर प्रदेशको मात्रै भए पनि चुनाव सार्न माग गरेको थियो । सो प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेको छ ।

राजपालाई सहमतिमा लिएर चुनावमा जाने प्रयासमा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा आइतबार राजपासँग सत्तारुढ दलका नेताले छलफल गरेका थिए ।

‘राजपाका नेताहरुले असार १४ को चुनाव सार्न प्रस्ताव गर्नुभयो, हामीले नमानेपछि २ नम्बर प्रदेशको मात्रै भए पनि सारौं भन्नुभयो,’ बैठकमा सहभागी सत्तापक्षका एक नेताले भने, ‘हामीले त्यो प्रस्ताव पनि अस्वीकार र्गयौं र बैठक विना निश्कर्ष टुंगिएको छ ।’

चुनाव जतिसुकै सारे पनि राजपाले चुनावमा भाग लिने विश्वास नभएकाले चुनाव सार्न नसकिने सत्तापक्षका नेताहरुले जवाफ दिएका थिए ।

राजपाले चुनावमा भाग लिनका लागि संविधान तत्काल संशोधन हुनुपर्ने र स्थानीय तहको संख्या थप गर्नुपर्ने शर्त राख्दै आएको छ । असार १४ को चुनाव पछि सारे पनि संविधान संशोधनमा एमाले सहमत नभएकाले संविधान संशोधन हुन्छ भनेर ग्यारेण्टी लिन नसकिने सत्तापक्षका नेताहरुले राजपालाई जवाफ दिएका छन् ।

त्यसैगरी स्थानीय तहको संख्या थप गर्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको हुनाले यसबारे पनि तत्काल केही गर्न नसकिने सत्तापक्षका नेताहरुले राजपा नेतालाई स्पष्ट पारेको बैठकमा सहभागी एक नेताले बताए । सत्ता जानका निम्ती आफूलाई झूटो वाचा दिई देउवाले फसाएको उता मधेशबादी दलहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah