भनिन्छ छिमेकी र गाउँले भनेका जिउँदाको जन्ती र मर्दाका मलामी हुन् । तर, बझाङको जयपृथ्वी नगरपालिका ११ पिठालेकमा भने त्यसको ठिक उल्टो भएको छ । यहाँका छिमेकी न विवाहमा जन्ती जान्छन न त मर्दा मलामी नै ।

स्थानीय निर्वाचनपछि यहाँका गाउँलेहरुमा राजनीतिक द्धन्द सृजना भएको छ । निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार लडे थापा र तत्कालिन एमालेका उम्मेदवार केशव रोकायाबीच प्रतिष्पर्धा भएको थियो ।

कडा प्रतिष्पर्धाकाबीच कांग्रेसका उम्मेदवार लडे थापालाई पराजित गर्दै थोरै मतले तत्कालिन एमालेका उम्मेदवार केशव रोकाया विजयी भए । स्थानीय निर्वाचन भएको ३ वर्ष बितिसक्दा पनि पिठालेक गाउँका गाउँलेहरुमा अझै निर्वाचनको प्रतिशोध मेटिएको छैन ।

स्थानीय निर्वाचन पश्चात राजनीतिक प्रतिशोधका कारण हालसम्म पनि गाउँका छिमेकीहरु एक अर्काको विवाहमा जन्ती र मर्दा मलामी समेत जान छोडेको जयपृथ्वी नगरपालिका ११ पिठालेकका धनराज थापाले बताए ।

उनले भने ‘निर्वाचन भएको लामो समय बितिसक्यो, हालसम्म पनि गाउँलेहरुमा अझै प्रतिशोधको भावना मेटिएको छैन ।’ फरक राजनिती आस्थाकै कारण विवाहमा बाजा बजाउने मान्छे समेत अर्कै गाउँबाट ल्याउने गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah