काठमाडौं, २८ जेठ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा तनाव सुरु भएको छ । एक मन्त्रीले अर्को मन्त्रीको कार्यक्षेत्रमाथि हमला गर्न थालेपछि तनाव सिर्जना भएको हो । यतिबेला श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुर छन् भने कृष्णबहादुर महरा उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री छन् ।
महराले मन्सुरको कार्यक्षेत्रलाई हस्तक्षेप गर्दै वैदेशिक रोजगार सम्वन्धि समस्या हेर्न थालेपछि तनाव उत्पन्न भएको बताइन्छ ।
महराले मन्त्रालयको जिम्मेवारी सम्हालेका दिनमै विदेशमा जाने नेपालीहरुको समस्या समाधानका लागि उच्च स्तरीय कार्यदल गठन गरेका थिए ।
उनले कार्यभार सम्हाल्दै उनले पहिलो निर्णय नै वैदेशिक रोजगारीसम्बद्ध विषयमा गरे । यसले श्रम मन्त्रालयका कर्मचारी समेत रुष्ट छन् । उनीहरुले आफ्नो क्षेत्राधिकारमाथी पराष्ट्रमन्त्रीले अनावश्यक हस्तक्षेप गरेको बताउँछन् । यसरी मन्त्रीहरु बिचको क्षेत्राधिकार विवादले कुन रुप लिने हो ? भन्न सक्ने अवस्था छैन् ।



