माघ २१ गते, बुधबार सुनचाँदीको मूल्यमा गिरावट भएको छ । अघिल्लो दिन स्थिर रहेको सुन यस दिन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य स्थिर रहेर ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा किनबेच हुँदैछ जुन मंगलबार ९२ हजार १०० रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि लगातार दोश्रो दिन ओरालो लागेको छ । बुधबार चाँदी तोलामा ६० रुपैयाँले गिरावट भई प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार हुँदैछ ।

सोमबार चाँदीको भाउ ६ महिना यताकै उच्च विन्दुमा पुगेको थियो । सो दिन चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँसम्म पुगेको हो । अन्तरराष्ट्रिय बजारमा नै चाँदीतर्फ लगानीकर्ताहरुको आकर्षण भएका कारण चाँदीको भाउ वृद्धि भएको थियो । मंगलबार भने चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah