सर्वाधिक चासो र ब्यग्र प्रतिक्षा थियो जेठ २८ गतेको । निर्वाचन आयोगले भरतपुर महानगरमा मतपत्र च्यातिएको बिषययमा बिबादस्पद निर्णय गर्दै एउटा वडाको पुन निर्वाचन गराउने बताएपछि सर्वोच्च अदातलमा मुद्धा परेपछि २८ गतेसम्म यो निर्णय लागु नगराउन सर्वोच्चले आदेश दिएको थियो ।
तर २८ गते भरतपुरमहानगरको मतपत्र च्यातिएको बिषयमा कुनै फैसला आएन ।
आयोगको निर्णय गलत थियो भन्ने प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले लगाउदै आएको छ भने सत्तापक्ष भने आयोगको निर्णय मान्ने भन्दै बसेको छ । सामाजिक सञ्जालहरुले ब्यापक रुपमा पुन मतदानको बिरोध गर्दै आएकाछन् ।
अब अदालतलेृ आयोगको निर्णय सहि थियो या गलत भन्ने निर्णयको प्रतिक्षामा दुबै पक्ष रहेकाछन् ।
आयोगको निर्णयलाइ मान्नु सबैको कर्तब्य हुनेछ । निर्णय गलत भन्नेहरु पनि अदालतको निर्णय कुरेर बसेकाछन् । आयोगको निर्णय समर्थन गर्नेहरु पनि अदालतलको फैसला के आउला भनेर पीडामाछन् ।



