मोरङ । मोरङमा खेतमा कालो प्लास्टिकमा गाडेको १८५ राउण्ड गोली फेला परेकाे छ।जिल्लाकाे उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १८५ राउण्ड गोली भेटिएको हाे ।जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको हो।स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएकाे छ ।स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेटेका थिए।गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ।



