काठमाडौं । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले भारतबाट अवैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा विभिन्न मालसामानहरु बरामद गरेको छ ।

प्रहरीले करिब ४ लाख १६ हजार १ सय ५० रुपैयाँ मूल्य बराबरको अवैध मालसामान जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी एक लाख ३९ हजार २ सय ५० रुपैयाँ मुल्य बराबरको लेडिज उलन कुर्ता सुरवाल, ८ बोरा बेम्बो चम्चा, तमाखु, बिजुलीको बल्ब लगायतका मालसामान आइतवार बर्दघाट नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकबाट बरामद गरेको हो ।

बरामद भएका सामान आइइतवार नै आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले जानकारी दिए ।

त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी दुई लाख चालिस हजार नौ सय रुपैयाँ मुल्य बराबरको जेन्स कुर्ता, ओखल लगायतका मालसामान पाल्हिनन्दन गाँउपालिका वडा नं २ गोपालपुरबाट बरामद गरेको जनाएको छ ।

उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । त्यस्तै गरी अस्थायी प्रहरी चौकी तोनवा बाट खटिएको प्रहरी टोलीले सोही दिन भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी दुई सय किलो माछा रामग्राम नगरपालिका वडा नम्बर १६ हकुईबाट बरामद गरेको छ । उक्त माछा करीब ३६ हजार मुल्य बराबरको रहेको छ ।

बरामद भएका माछा स्थानियको रोहवरमा खाल्डो खनेर त्यसमा पुरेर नष्ट गरिएको प्रहरी लामाले समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah