तातोपानी (सिन्धुपाल्चोक) —भोटेकोसी गाउँपालिका–२ स्थित उत्तरी नाका तातोपानी २१ दिनपछि पुन: सञ्चालनमा ल्याइएको छ ।भोटेकोसी नदीले क्षतिग्रस्त मितेरी पुल मर्मतसम्भार गर्न बन्द गरिएको नाकाबाट मंगलबार एकतर्फी रूपमा सामान भित्र्याइएको हो।‘मितेरी पुलको मर्मतसम्भार सकेपछि चिनियाँ पक्षको ‘अफिसियल टाइम’अनुरूप २१ दिनपछि नाका खुलेको छ, टेलर कन्टेनरबाट सामग्री धमाधम भित्रिन थालेका छन्,’ उनले भने।बर्खे बाढी र तिब्बतको न्यालमक्षेत्रका तालको पानी मिसिएर आएको भोटेकोसीले मितेरी पुलको जग र अन्य संरचनामा केही क्षति पुर्‍याएको थियो । चीनको खासास्थित ‘तिब्बती डिपार्टमेन्ट अफ कर्मस फरेन ट्रेड’ले अनुसार बाढीले क्षतिग्रस्त मितेरी पुल २० दिनमा मजबुत बनाइएको जनाएको छ । त्यसैअनुसार जाङमु पोर्ट म्यानेजमेन्ट कमिटीले नेपाल र चीनका व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गराइसकेको खत्रीले बताए ।तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले नाका २० दिनभन्दा बढी बन्द हुन सक्ने अनुमान गरिए पनि चीनले समयमै खुलाइदिएको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । ‘नाका आंशिक रूपमा चलेको छ, पूर्ण रूपमा नखुलेकै कारण स्थानीय व्यवसायी, कन्टेनर मजदुर मारमा छन्,’ उनले भने। भूकम्प र भोटेकोसी बाढीले ध्वस्त बनाएको मितेरी पुललाई चिनियाँ कम्पनी ताइन सुन रोड एन्ड ब्रिज कम्पनीले वर्षदिन लगाएर ठड्याएको थियो । मितेरी पुलबाहेक बर्खाले क्षतविक्षत कोदारी राजमार्ग (२६ किलोमिटर) मा ४० फिटका चिनियाँ कन्टेनरमा मापदण्डभन्दा बढी तौल राखेरसामग्री आयात गरिएको व्यवसायीले आरोप लगाउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah