नेकपा एमाले कमल गाँउपालिकाको घरदैलो कार्यक्रममा एमालेले आफ्नो शक्ति प्रदर्शन गरेको छ । सोमबार भएको घरदैलो कार्यक्रममा सयौ नेता कार्यकर्ताहरु घरदैलोमा सहभागि भएकाहुन् ।
कमलगाँृउपालिका वडा नं. ६ मा गाँउपालिकाकी अध्यक्ष उम्मेदवार मेनुका काफ्ले, उपाध्यक्ष उम्मेदवार मेनुका काफ्ले सहित सबै उम्मेदवारहरु घरदैलोमा निस्केका हुन् ।
अध्यक्ष उम्मेदवार काफ्लेका अनुसार घोषणापत्र लिएर प्रत्येक मतदाताको घरमा पुग्दा आफूलाइ थप उत्साह थपिएको छ । उनले जनउत्साह र जनलहर देखि आफू बिजय नजिक पुगेको बताइएकीछन् । चर्को गर्मि नभनि राजनीतिक दलहरुले घरदैलो कार्यक्रमलाइ निरन्तरता दिएकाछन् ।
एमालेको घरदैलो कार्यक्रम युवाहरुको पनि बाक्लो उपस्थिति रहेको स्थानीय युवा नेता हरी ढकालले बताएकाछन् । घरमा ताला लगाएर पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरु अध्यक्ष, उपाध्यक्ष सहित वडाध्यक्षहरुलाइ मत माग्न हिड्न थालेको उनले जनाएकाछन् ।



