बुधबार रातीदेखि पेट्रोलियम पदार्थ प्रतिलिटर दुई रूपैयाँ महँगो भएसँगै आगामी दिनमा झनै आकाशिने अनुमान गरिएको छ । अर्को साता भारतीय आयल निगमले पठाउने मूल्यको आधारमा नेपाल आयल निगमले पुनः प्रतिलिटर ३ रूपैयाँ बढाएर पेट्रोलको भाउ १ सय १५ र डिजेल कम्तिमा १ सय पुर्याउने स्रोतको दाबी छ ।कच्चा तेल निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक) ले उत्पादनमा कटौती गरेपछि विश्व बजारमा तेलको भाउ बढेको हो । एक वर्षअघि कोरोना महामारीको शुरुताका कच्चा तेलको भाउ प्रतिब्यारेल ५१ डलर रहेकोमा अहिले ६० डलर पुगेको छ । लामो समयदेखिको लकडाउन र मन्दीको कारण तेल निर्यात मुलुकहरूको अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ ।

उनीहरूले त्यहि धक्कालाई रोक्न तेल उत्पादनमा कार्टेलिङ्ग गरेर मूल्य बढाउने रणनीति लिएका हुन् ।एक वर्षदेखि प्रतिब्यारेल दैनिक १० देखि १५ सेण्ट भाउ बढिरहेको प्रवृत्तिलाई हेर्दा आगामी एक वर्षभित्र नेपाली बजारमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ४० रूपैयाँसम्म पुग्ने आँकलन गरिएको छ । आयल निगम स्रोतका अनुसार अमेरिकी डलरको भाउ घटेकोले घाटा भने बढेको छैन ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल, सुन,डलर र कमोडिटी मार्केटबीचको उतार चढावले तिनको मूल्यमा प्रभाव पार्छ । सामान्यतयाः अन्तर्राष्ट्रिय लगानीकर्ता जता ढल्किन्छन् त्यसको मूल्य बढ्छ । उनीहरुले लगानी गर्न छाडेपछि त्यसको भाउ घट्छ । कोरोनासँगै सुन र डलरमा लगानी गरेका लगानीकर्ताले पछिल्लो दिन तेलमा आँखा लगाउन थालेको बजार विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah