दमक/ बैतडी दोगडा केदारकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको घटना लगायत देशभर महिला तथा बालिकाहरुमाथि भइरहेका हिंसा र जघन्य अपराधका घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै आईतबार ( आज) दमकमा महिलाहरुले विरोध प्रदर्शन गरेका छन् ।

दमकका बुहारीहरुले दमकको गणतन्त्र चोकमा भेला भएर महिला तथा बालिका हत्यामा संलग्नको खोजीमा सरकार उदासिन बनेको भन्दै अविलम्ब पक्राउ गर्न माग गरेका हुन् । मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकको आह्वानमा भेला भएका बुहारीहरुले महिलामाथि हुने सवै प्रकारका हिंसा रोक्न, बलाकारका घटनामा संलग्नलाई तुरुन्त पक्राउ गर्न, कानून अनुसार कार्वाही गर्न लगायतका माग राख्दै प्लेकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए ।

परिवार र समाजमा छोरी चेलीहरु असुरक्षित भईरहेको र अपराधमा संलग्नहरु समेत पक्राउ नपरेकाले दोषिलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरिएको आयोजक संस्थाकी झापा उपाध्यक्ष तथा दमक संयोजक जमूना निरौला अधिकारीले जानकारी दिइन । कार्यक्रममा जिल्ला संयोजक शिखा खडका गणेश, जिल्ला उपाध्यक्ष गंगा भट्टराई र सचिव कविता थापा लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah