काठमाडौँ / आज सोमबार पनि सुनको भाउमा गिरावट आएको छ । सुनको भाउ बढ्दा आज चाँदीको भाउ भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेको हो । सोही परिमाणको तेजावी सुनलाई आज ९० हजार २०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ भने आज पनि बढेको छ । हिजो प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।



