काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नागरिक माझ गरेका वाचा र प्रतिबद्वता पूरा गर्न नदिएपछि नयाँ कदम चालेको भन्दै उहाँले प्रतिगमन भनेको के हो ? भन्दै प्रश्न गर्नुभयो ।

सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले देशलाई अस्वस्थ राजनीतिकाे गोलचक्करमा फस्न नदिन नागरिकका माझमा जानुको विकल्प नरहेको बताउनुभयो ।
चुनाव गर्दा अलग बाटो कसरी हुन्छ ? भन्दै प्रधानमन्त्री ओलीले साेध्नुभयाे । तोकिएको मितिमै चुनाव हुने भन्दै उहाँले चुनाव हुँदैन भन्नेले कस्तो भविष्यवाणी गर्दैछन् भनेर टिप्पणी गर्नुभयो ।

सरकारको नेतृत्व गर्दै गर्दा तीन वर्षअघि सङ्घीयता कार्यान्वयनको जिम्मेवारी रहेको र अहिले संरचनागत विकास भएको प्रधानमन्त्रीले बताउनुभयो । पहिलो वर्ष सङ्घीयताकाे जग बसाल्ने र समृद्धिको आधार वर्ष, दोस्राे वर्ष कार्यक्रम कार्यान्वयन भएको र अहिले सन्तोषजनक उपलब्धि प्राप्त भएको उहाँको दाबी छ ।

तीन वर्षमा ८९ वटा कानुन बनेको र संविधान कार्यान्वयन भएको, अर्थतन्त्रले लय समात्न सफल भएको पनि उहाँको दाबी छ । कोरोनाले विश्व अर्थतन्त्र तहसनहस हुँदा सरकारको सुझबुझ कदमले नेपाली अर्थतन्त्र मन्दीमा नपुगेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah