लामो उमेर पाउनु कुनै ठूलो रहस्य होइन । प्रतिबद्धताका साथ विशेष रुपमा केही कुरामा ध्यान दिए जीवन रेखा बढाउन सकिन्छ । रिजेजेरिटिव मेडिसिनका विज्ञ डा. आमेर खानले एक्सप्रेस डट को डट यूकेसँगको कुराकानीमा भने, ‘एउटा साधारण डायट्री ट्रिकले मानिसको जीवनलाई लामो बनाउन सक्छ ।’ यसका  लागि उनले ६ कुरामा ध्यान दिन सल्लाह दिए ।

.माछा–मासुः: डा. खानका अनुसार माछा खाने व्यक्तिले आफूले खाइरहेको मासु ‘हेल्दी लाइभस्टक सोर्स’ बाट प्राप्त भए नभएको सुनिश्चित गर्नुपर्छ । उदाहरणका लाथि प्राकृतिक नदी  वा समुद्रमा पाउने माछाको मासु बढी स्वस्थकर हुन्छ ।माछा–मासुको सेवन गर्ने बेला त्यसको परिमाणमा पनि ध्यान दिनुहोस् । असाध्यै धेरै माछा मासु नखानुहोस् र स्वास्थ्य विज्ञले बताएको निर्देशनको पालना गर्नुहोस् । विशेषज्ञका अनुसार हामीले हाम्रो हत्केलाको आकार भन्दा ठूलो मासुको टुक्रा खानुहुँदैन ।

१ .कार्ब्सको शुद्ध रुपः: Low GI युक्त कार्बोहाइड्रेट हाम्रो स्वास्थ्यका लागि हाई जीआईयुक्त कार्ब्सभन्दा राम्रो हुन्छ । जिआई कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थका लागि एउटा रेटिङ सिस्टम हो जसले एउटा खानाले कति तीब्र गतिमा तपाईंको ब्लड सुगर (ग्लूकोज) स्तरलाई प्रभावित गर्छ भनेर बताउँछ । डा. खानका अनुसार अनप्रोसेस्ड कार्बोहाइड्रेट दिगो स्वास्थ्यका लागि आवश्यक छ । यसका लागि तपाईं विभिन्न रङका सागसब्जीको प्रयोग गर्न सक्नुहुन्छ ।

२.क्यालोरी इनटेकः: डा. खानले भने, ‘जनावरमाथि आधारित एक शोधका अनुसार क्यालोरी इनटेकमा १०–५० प्रतिशतको कमीले उमेर बढाउन मद्दत गर्न सक्छ । मानिसमाथि गरिएको एक अनुसन्धानका अनुसार लो क्यालोरी इनटेकले मानिसहरुमा रोगको खतरा कम रहन्छ भने उनीहरुको उमेर पनि लामो हुन्छ । क्यालोरीमा कटौती गर्दा मोटोपना र पेटको बोसोको समस्या कम हुन्छ ।’

३.मसाला र जडीबुटीः: डा. खानका अनुसार मसाला र जडीबुटीले हाम्रो खानाको स्वाद मात्रै होइन यसले हाम्रो स्वास्थ्यमा पनि ठूलो फाइदा पुर्याउँछ । यस्ता जडीबुटी परापूर्व कालदेखि विभिन्न प्रकारको रोगबाट बच्नका लागि औषधीको रुपमा प्रयोग गर्दै आएको छ । साथै, हामीले खानामा नुनको मात्रा पनि सन्तुलित गर्नुपर्छ ।

४.क्याल्सियम र म्यागनेसियमः: हाम्रो हड्डी बलियो बनाउनका लागि क्याल्सियम अत्यावश्यक हुन्छ । केही अनुसन्धानमा यसले क्यान्सर, मधुमेह र मुटुसँग सम्बन्धित खतरा पनि कम हुने बताएको छ । यसले हाम्रो रक्तचापलाई नियन्त्रण गर्न पनि मद्दत पुर्याउँछ । शरीरमा क्याल्सियमको अवशोषणका लागि म्याग्नेसियम अत्यावश्यक छ । गेडागुडी, तिल, हरियो पत्तेदार सागसब्जी, केरा, ब्रोकली र बदाम यी दुबैको राम्रो स्रोत मानिन्छ ।

५.भिटामिन बी१२ः: भिटामिन बी१२ले हाम्रो शरीरको ऊर्जाको स्तर बढाउनुका साथै न्यूरोलोजिकल प्रोटेक्सन पनि प्रदान गर्छ । केही अनुसन्धानमा पत्ता लागे अनुसार भिटामिन बी १२ को कमीले डिमेन्शिया र अल्जाइमरजस्ता रोगको खतरा बढ्ने सम्भावना अत्यधिक रहन्छ । हेल्दी रेड ब्लड सेल्सको उत्पादन, कार्डियोभास्कुलर, पाचन तन्त्रका साथै क्यान्सरजस्ता भयानक रोगबाट पनि यसले बचाउँछ ।

६.पहिला गरिएका शोधले के भन्छ ?केही समय अघि नेशनल इन्स्टिच्युट फर हेल्थ रिसर्चका अनुसन्धाताले एक अनुसन्धानमा मानिसको बीएमआई (बडी मास इन्डेक्स) ले पनि आयुको मामिलामा अत्यधिक महत्व राख्ने दाबी गरेका छन् । अनुसन्धानमा पत्ता लागे अनुसार हल्का हिँड्ने मानिसलाई मुटु रोग हुने सम्भावना अत्यधिक रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah