दार्जेलिङमा नेपाली भाषिमाथि बर्बर रुपमा राज्यले दमन गर्न थालेपछि यस बिषयमा बिश्व प्रसिद्ध योग गुरु रामदेब बाबाले पनि मुख खोलेकाछन् ।
उनले दार्जेलिङमा नेपाली भाषिले उठाएको माग जायज भएको बताउदै सरकारले पुरा गर्नु पर्ने बताएकाछन् ।
उनले उक्त कुरा राखेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । उनले नेपाली भाषिको गोर्खाल्याण्ड माग सम्बोधन गर्न सरकारसग आग्रह समेत गरेकाछन् ।
अरुले आन्दोलनको भरमा राज्यहरु पाएको र अधिकार पाएको बताउदै नेपाली भाषिको जायज माग भएको उनको भनाइ रहेको ।
केन्द्रिय सरकारले भने आन्दोलन दबाउने नीति लिएर त्यहाँ थप ६ कम्पनी सुरक्षाफौज पठाएको जनाइएको । दूई महिलाका कम्पनी सहित ६ कम्पनी सुरक्षाफौज केन्द्रिय सरकारले आजसम्ममा ल्याउने उल्लेख गर्र्दै नेपाली भाषामा प्रकाशित हुने भारतीय पत्रिका हिमालय दर्पणले लेखेको छ ।



