ज्योतिषविद्यामा विश्वास गरेका कारण नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ। ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन्। यो खबर आजको नागरिकमा प्रकाश तिमिल्सिनाले लेखेका छन्।

वरिष्ठ ज्योतिष अंगीरस न्यौपानेले देउवालाई असार ३ पछि मात्र सरकारी निवास सर्न सुझाएका छन्। ‘उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहुर्त थियो अब असार ४ वा ५ गते मात्रै शुभ मुहुर्त छ’ न्यौपानेले भने, ‘उहाँको कुण्डलीमा बृहस्पति भाग्य स्थानमा भएपनि आगामी असार ३ गतेसम्म राहु अष्टम पदमै रहन्छ। अष्टम पदमा राहु बस्नु भनेको शत्रु पक्ष बलियो हुनु हो।’

उनका अनुसार असार ३ गतेसम्म जति काम गरेपनि देउवाले जस पाउने अवस्था रहँदैन। त्यसपछि भने देउवा शक्तिशाली हुने न्यौपानेले दावी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah