काठमाडौं—असार १४ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगले अस्वीकार गरेको छ। राजपासँग बैठक गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका नेताहरुले आयोगसँग तराईका केही जिल्लामा निर्वाचन सार्नेबारे छलफल गरेका हुन्।

आयोगले चुनाब सारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजाइस्टर’ हुने बताएको काँग्रेस नेता रामचन्द्र पौडेलले उल्लेख गरेका छन्। ‘प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुन्छ भन्ने कुरा गर्नुभयो’, पौडेलले भनेका छन्। आयोग पदाधिकारीले राजनीतिक तहबाट चुनाब गराउने उपाय खोज्न नेताहरुलाई आग्रह भएको हो।

मुख्य दलका शीर्ष नेताहरुको बैठक दुई दिनयता बिना निष्कर्ष टुंगिरहेको अवस्थामा बिहीबारको बैठक अगाडि सरकारले आयोगसँग छलफल गरेको हो।

‘भोलिका लागि उम्मेदवारी दर्ता छ र गृह मन्त्रालयले सुरक्षा दिन सक्छु भनेको छ। त्यसैले हामी सबै असार १४ को निर्वाचनका लागि तयार छौं’, अायोग सदस्य नरेन्द्र दाहालले भने। बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वगृहमन्त्री विमलेन्द्र निधि पनि सहभागी थिए। बैठकमा प्रदेश नं. २ र ५ मा चुनाब सार्ने प्रस्ताव गरिएको उनले जनाए।

उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदारको लोकतान्त्रिक फोरम चुनाबी अभियानमा छन्। राजपा मात्रै चुनाबविरुद्ध उभिएको स्थितिमा सरकारले सार्न प्रयास गरिरहेको हो। नगरिक न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah