टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुका राम राईले यो वर्ष सुन्तलाबाट घाटा व्यहोरे। २५ रोपनीमा भएको सुन्तला बगानबाट विगतमा साढे ६ लाखसम्म आम्दानी गरेका राईले यो वर्ष भने ८० हजार बराबरको मात्र किनबेच गरे। गत साल राम्रै आम्दानी दिएको सुन्तलाले यो वर्ष कीरा, रोगको प्रकोपले ठूलो घाटा पाए।

‘राम्रै लगानी गरियो, सुन्तलाको स्याहार गरियो तर फल्ने बेला लगानी नै डुब्यो’, उनले भने, ‘बगान नै रोगाएपछि मट्यांग्रोको दानो जत्रो सुन्तला फलेपछि आम्दानी दिएन, उल्टै घाटा खाइयो।’ ६० हजारभन्दा बढी ज्यालादारी खर्चमा मलजल, खनजोत, विषादी छिट्नेदेखि टिप्नेसम्म काम लगाए पनि निमेक नउठेको उनले बताए।

सुन्तलामा देखिएको रोग र भारी वर्षाका कारण यो वर्ष भोजपुरमा सुन्तला उत्पादनमा कमी आएको छ। सुन्तलाको पकेट क्षेत्र मानिने अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, देउराली, हेलौंछा, सांगपांग, रानीबास, आम्तेक, प्याउली, मूलपानी, बोखिम, पालुवालगायत क्षेत्रमा सुन्तला उत्पादन घटेको हो।

अत्यधिक वर्षा नै मुख्य कारण बनेपछि आम्दानी शून्य भएको भोजपुर नगरपालिका बोखिमका कृषक प्रकाश राईले बताए। भने, ‘पोहोर २२ हजारमा बेचेको सुन्तला यसपालि २ हजारको पनि भएन, वर्षाले फूल राम्ररी बस्नै पनि दिएन। फल लागेका सुन्तलाका दाना सानो र अमिलो फल्यो।’ सोचेअनुसार सुन्तलाले उत्पादन नदिएपछि किसान चिन्तित देखिएका छन्।

व्यावसायिक रूपमा लागेका सुन्तला कृषकहरू सुन्तला बगानमै देखिएको समस्याले उत्पादनमा कमी आएपछि निराश बनेका हुन्। यो वर्ष सुन्तला बगानमा अत्यधिक वर्षा, ढिलो फल लाग्नु, अमिलो स्वाद र सानो आकारको दाना लाग्नुजस्ता समस्याले यो वर्ष सुन्तलाले राम्रो आम्दानी पनि लिन नसकेको अर्का किसान शरणकुमार प्रधान बताउँछन्। ‘पोहोर मंसिरमा फलेको सुन्तला यो साल चैत लाग्ने बेला मात्रै टिप्ने काम भएको छ’, उनले भने। यो वर्ष सुन्तलाको उत्पादन क्षेत्रमा वृद्धि गरिए पनि गत सालको तुलनामा उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah