काठमाडौं, १ असार । प्रमुख विपक्षी दल नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन गराउन नसके कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकारले राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले भने, ‘तोकिएको समयमा चुनाव गर्न नसक्नेहरूले सरकारबाट राजीनामा दिनुपर्छ । सरकारले तोकिएको समयभित्र स्थानीय तहको निर्वाचन गराउनै पर्छ ।’ उनले कुनै पनि बहाना गरेर निर्वाचन रोक्ने काम भयो भने त्यसको एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।

तराईका जिल्लामा पछिल्लो समय बिग्रदै गएको शान्ति सुरक्षाप्रति चिन्ता जनाएका नेता खनालले भने, ‘शान्ति सुरक्षा गर्न सक्दैन भने यो सरकारले राजीनामा दिनुपर्छ । सत्तामा बसिरहने अधिकार कसैलाई छैन ।’ उनले भने, ‘सत्तापक्ष अराजकताका सामु घुँडा टेक्दै छन् ।’

राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई विरोध गर्ने अधिकार रहेको भन्दै नेता खनालले भने, ‘तपाईहरूले विरोध गर्नुस् तर, अरुलाई डिष्ट्रब नगर्नुस् । यसले टकराव हुन्छ ।’

वर्तमान सरकारले सुरक्षा कायम गर्न नसकेको नेता खनालको आरोप थियो । ‘तराईमा निर्वाचन गतिविधिमा समस्या देखा पर्दै छ’, उनले भने, ‘शान्ति सुरक्षा बनाउनेतिर ध्यान दिनु पर्दै न ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah