२ र ५ नम्बर प्रदेशको निर्वाचनको मिति सार्ने सत्तारुढ दलको प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ ।
सरकार तथा सत्तारुढ कांग्रेस÷माओवादी केन्द्रसँगको छलफलमा निर्वाचन आयोगले अव स्थानीय तहको निर्वाचन सार्न नसकिने स्पष्ट पारेको हो ।

राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन तराई÷मधेशका केही जिल्लामा स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने तयारी गरिरहेको जानकारी गराउँदै मिति सार्दा के होला रु भनेर निर्वाचन आयोगसँग सोधेको थियो ।
आयोगका पदाधिकारीहरुले अव छिटै प्रदेश सभा र संसदको समेत निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले अव निर्वाचन सार्न नसकिने सुझाव दिएका थिए ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अव पनि पछि सारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजाष्टर’ हुने चेतावनी समेत दिएको छ । अब निर्वाचनको तिथि मिति सार्न नसकिने अडान निर्वाचन आयोगले राखेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री देउवा र सत्तारुढ दलका नेताहरुले भने राष्ट्रिय जनता पार्टी निर्वाचनमा भाग लिन सहमत भए निर्वाचनको मिति सार्न एक पटक सकारात्मक भईदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले भने आफूहरुले निर्वाचनको तयारीबारे सरकार र सत्तारुढ दलहरुलाई जानकारी गराएको बताए ।

निर्वाचन आयोगले मधेशका जनता निर्वाचनको पूर्ण पक्षमा रहेकाले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न कुनै कठिनाई नरहेको दावी गर्दै आएको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि शुक्रबार उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah