बझाङ- बझाङमा चितुवाको १ थान छालासहित एक जना पक्राउ परेका छन्। बुङ्गल नगरपालिका ८ मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छालासहित स्थानीय दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।
चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।



