दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ ।
असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो ।
यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो ।
अब असार ४ गते आइतबार मनोनयन दर्ता हुनेछ । २ गते भोलि मनोनयका लागि दलहरुले सबै तयारी गरेका थिए ।
सरकारले गरेको निर्णयले मतदाताहरु पनि अन्योलनमा परेका छन् । उम्मेदवारहरुलाइ पनि समस्या परेको छ ।



