प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने भनेर दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् ।सोमबार कञ्चानपुरको दैजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले अन्य पार्टीको जस्तो ढुंगामुढा हान्ने आन्दोलन नगर्ने स्पष्ट पारेका हुन् ।आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पार्दै उनले ओलीले लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताए ।ओलीले प्रतिनिधिसभा विघटनपछि देश चुनावतिर गइसकेको बताउँदै ओलीले सबै नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए ।वलीले केही दिनअघि विराटनगरमा सम्बोधन गर्दै अदालतले संसद विघटन बदर गरे आन्दोलन गर्ने बताएका थिए ।



