कम उमेरमा कपाल सेतो हुनुलाई सामान्यतया वंशाणुगत कारणले भएको धारणा धेरैको रहेको पाइन्छ ।यद्यपि, यो पूर्ण रुपले साँचो भने होइन ।समयभन्दा पहिला कपाल सेतो हुनुका अन्य पनि धेरै कारणहरु छन् ।कपाल सेतो हुनुका मुख्य कारणहरु निम्न अनुसार छनस्
धुम्रपान
धुम्रपान गर्नेको कपाल कम उमेरमै सेतो हुन्छ ।सन् २०१३ मा प्रकाशित एउटा अध्ययनका अनुसार जो मानिसले धुम्रपान गर्छ, उसको कपाल छिट्टै सेतो हुने सम्भावना अरुको तुलनामा २५ प्रतिशत बढी हुन्छ । यसबाहेक धुम्रपानको बानीले स्वास्थलाई पनि गम्भीर रुपले नोक्सान पुऱ्याउँछ ।
हार्मोन्स
शरीरमा हार्मोन्सको स्तर बिग्रनाले पनि कपाल छिट्टै सेतो हुन्छ । हार्मोन्स असन्तुलित हुनाले कपाल सुख्खा र रुखो हुन्छ । कपालको चमक पनि हराउँछ ।
तनाव
समयभन्दा पहिला कपाल सेतो हुनुको एउटा प्रमुख कारण तनाव पनि हो । धेरै तनाव लिनाले सिन तपाईंको कपालले आफ्नो प्राकृतिक रंग गुमाउँछ । कपालको राम्रो स्वास्थ चाहनु हुन्छ भने तनावबाट टाढा रहनु पर्छ ।
प्रदुषण
घट्दै गएको वायुको स्तरका कारण अहिले धेरै समस्याहरु उत्पन्न भइरहेका छन् । प्रदूषित हावामा समावेश तत्वले कपाललाई ड्यामेज गर्छ र त्यसलाई सेतो बनाइदिन्छ । विशेषज्ञहरुका अनुसार प्रदूषित हावामा समावेश फ्री रेडिकल्स मेलानिनलाई ड्यामेज गरेर कपाल सेतो बनाउने काम गर्छ ।
अस्वस्थकर खाना
भोजनको सीधा असर स्वास्थमा पर्छ । त्यसैले खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । फास्टफूड र जंक फूड धेरै सेवन गर्नु हुँदैन । भोजनमा न्यूट्रिएन्टसको कमी हुनाले कपालले आफ्नो प्राकृतिक रंग गुमाउछ ।



