नेकपा एमालेले प्रदेश नं. २ मा निर्वाचन सार्ने निर्णयप्रति कडा आपत्ती जनाएको छ । यसले मूलकलाइ गम्भिर संकटमा फसाउने एमालेको ठहर रहेको छ । प्रचारबिभाग प्रमुख योगेश भट्टराइले निकालेको बिज्ञप्ति यस्तो छ ।

प्रेस वक्तव्य

असार १४ गतेका लागि प्रदेश नम्बर १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति नेकपा (एमाले) गम्भीर आपत्ति प्रकट गर्दछ ।
पटक–पटकका वार्ताहरुमा समेत हाम्रो पार्टीले कुनै पनि हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दि“दै आएको थियो । सुरुमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो । पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ ।
प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहा“का जनताको आफ्ना प्रतिनिधि आफै“ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पु¥याएको छ । यस घटनाले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ । कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ ।
संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पु¥याउने यस कदमका विरुद्ध सचेत रह“दै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशन दि“दै हाम्रो पार्टी प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न आमजनसमुदाय, पार्टीका मातहत कमिटी तथा नेता–कार्यकर्ताहरुलाई आह्वान गर्दछ ।

योगेश भट्टराई
प्रमुख

नेकपा एमाले प्रचार बिभाग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah