स्थानीय तहको निर्वाचन सारिएको बिषयमा मानव अधिकार प्रतिष्ठानले आपत्ति जनाएको छ । प्रदेश नं. २ को निर्वाचन सार्ने सरकारको निर्णय गलत भएको बताउदै प्रतिष्ठानले यसको बिरोध गर्दै बिज्ञप्ति निकालेको हो । प्रतिष्ठनाले निकालेको बिज्ञप्ति यस्तो छ

निर्वाचन स्थगित गरिएकोमा गम्भिर ध्यानाकर्षण ।

पटक पटक मिति परिवर्तन गर्दै आएको सरकारले प्रदेश नं २ को स्थानीय तह निर्वाचन असोजमा हुने गरि स्थगित गरेको प्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण भएको छ ।

यति लामो समय पछि हुन लागेको स्थानीय निर्वाचन समयमा सम्पन्न गरि संबिधान कार्यान्वयन गर्नु पर्नेमा सरकारले जथाभाबी निर्णय गर्नु दुखको बिषय हो । अन्य प्रदेशमा निर्वाचन हुन सक्ने तर २ नं प्रदेशमा निर्वाचन स्थगित गर्नु पर्ने अवस्था कसरी आयो रु यहा गम्भिर सड्यन्त्र रहेको आशंका सर्वसाधारणमा उत्पन्न भएको छ ।

लोकतन्त्र ठुला दलका ठुला नेताको खेलौना हुन गयो । सरकारको यो अदुरदर्शि निर्णयले सिंगो मुलुकलाई निराश बनाएको छ ।  अत, यस प्रकारका गलत निर्णय बारम्बार नगर्न प्रतिष्ठान नेपाल सरकार र राजनीतिकदलहरु समक्ष जोडदार माग गर्दछ ।

 

भवानी प्रसाद खरेल
अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah