११ फागुन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्रविक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ अर्गनाइजेसनको बोर्ड सदस्यमा मनोनयन भएका छन् ।शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ बर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रमा जनाइएको छ ।

डा. शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टीडोपिङसम्बन्धी गतिविधिको अध्ययन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टी डोपिङसम्बन्धी कामको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ ।नेपालमा हालसम्म पनि एन्टीडोपिङसम्बन्धी कुनै संस्था नभएका कारण उक्त कार्यहरु नेपाल ओलम्पिक कमिटि मार्फत हुँदै आएको छ । एन्टीडोपिङसम्बन्धी संस्था सञ्चालन गर्न निकै ठुलो धनरासी आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाइ भएको जानकारहरु बताउँछन् ।

यसअघि नेपालका सरोज श्रेष्ठ तीन कार्यकाल बोर्ड सदस्यको रुपमा रहेका थिए ।यस्तै डा. शाह अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघको एन्टीडोपिङ कमिसनको सदस्यमा समेत मनोनित भएका उनले बताएका छन् । महासंघले विश्वभरिका आफ्ना सदस्य राष्ट्रहरुको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो । १८० भन्दा बढी राष्ट्रमा कार्यरत यो संस्थामा नेपालको यो पहिलो सहभागिता हो ।हाड तथा जोर्नी विज्ञ डा. शाह राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah