प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले युवाको स्नेहका कारण आफूले अहिले पनि दैनिक १८ घण्टा काम गर्ने गरेको बताएका छन् । आफू युवासंघको आजीवन सदस्य रहेकाले बूढो बन्ने छुट नरहेको टिप्पणी उनले गरे ।

युवा संघको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले ७० औं जन्मदिनमा पनि आफ्नो स्वास्थ्य राम्रो हुनु खुशीको कुरा रहेको बताए ।

‘६९ पूरा गरेर ७० मा लागियो के खुशीको दिन भन्ने ? ८० वर्ष पुग्न १० वर्ष बाँकी छ । १ बिसमा ९० वर्ष पुग्छु के खुशी भन्ने ? बाँचिएकै छ, स्वास्थ्य राम्रो छ खुशीको कुरा भन्नुपर्‍यो,’ ओलीले भने, ‘जुँगा अलि कालो हुँदै गएको छ भनेको थिएँ, केले ? तपाईंहरूको स्नेहले । अहिले पनि १८ घण्टा काम गर्छु युवाको आशिर्वाद भएपछि युवा युवा भइरहेको छ । युवा संघको आजीवन सदस्यले बूढो हुन मिल्यो ?’

युवा संघले ओलीको जन्मदिनको अवसरमा कार्यक्रममा केक काटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah