काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताउनुभएको छ ।
मङ्गलवार सर्वाेच्चकाे फैसलापछि ट्वीट गर्दै नेता नेपालले भन्नुभएको छ, ‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले नागरिककाे जित भएको छ, सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।’
सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) February 23, 2021
नेता नेपालले सम्पूर्ण नागरिक, आन्दोलनमा उत्रेका दल, नागरिक समाज, मिडिया, समाजका सबै तहका नागरिकलाई हार्दिक धन्यवादसमेत दिनुभएको छ ।
गएकाे पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।



