निर्वाचन आयोग सरकारसग निरिह बन्दै नयाँ चुनावी तालिका सार्वजनिक गर्न बाध्य भएको छ । निर्वाचन आयोगले जारी गरेको बिज्ञप्ति यस्तो छ ।

प्रेस विज्ञप्ति

काठमाडौं, असार १ गते । नेपाल सरकार गृह मन्त्रालयको च.नं. १३०५ मिति २०७४।०३।०१ को पत्रबाट मन्त्रिपरिषदको मिति २०७४।०३।०१ मा देहाय अनुसार निर्णय भएकोले आवश्यक कार्यान्वयनका लागि अनुरोध भै आएकोले निर्वाचन आयोगले मिति २०७४÷३÷१ गते बसेको बैठकले निम्नानुसारको सूचना जारी गर्ने तथा निर्वाचन सम्बन्धी संशोधित कार्यक्रम स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयमा निम्न कुरा उल्लेख छ ।
“(क) दोस्रो चरणमा परेका प्रदेशहरूमध्ये प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि पूर्वनिर्धारित मिति २०७४÷०३÷१४ को सट्टा मिति २०७४÷०६÷०२ गते निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन मिति तोक्ने,

(ख) मिति २०७४ साल असार १४ गते हुने प्रदेश नं १, ५ र ७ अन्तर्गतका स्थानीय तहहरूको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न निर्वाचन आयोगबाट मिति २०७४÷०३÷०२ गते तोकिएकोमा सो को सट्टा मिति २०७४÷०३÷०४ गते तोक्न निर्वाचन आयोगलाई अनुरोध गर्ने ।”

नेपाल सरकार (मन्त्रिपरिषद) को उपरोक्त अनुरोध अनुसार आयोगले निम्नानुसार गर्ने निर्णय गरेको छ ।

(क) प्रदेश नं. १, ५ र ७ का गाउँपालिका÷नगरपालिकामा २०७४ साल असार ०४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेदेखि २०७४ असार ०६ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र २०७४ साल असार १४ गते बुधबार बिहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान सञ्चालन गर्ने समेतको संलग्न संशोधित निर्वाचन कार्यक्रम स्वीकृत गर्ने,

(ख) स्थानीय तह अन्तर्गत गाउँपालिका नगरपालिकाको निर्वाचन सम्पन्न हुन बाँकी प्रदेश नं. २ का लागि नेपाल सरकारबाट २०७४÷६÷२ गते निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकेकोले सो को लागि पुनः निर्वाचन कार्यक्रम तय गर्ने गरी हाल आयोगबाट मिति २०७४।०२।१७ गते स्वीकृत निर्वाचन कार्यक्रम स्थगित गर्ने,

(ग) आयोगबाट स्वीकृत संलग्न संशोधित निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशन गर्ने,

(घ) प्रदेश नं. २ को निर्वाचन स्थगित गरिएको र आयोगबाट स्वीकृत प्रदेश नं. १, ५ र ७ को निर्वाचन सम्बन्धी संशोधित निर्वाचन कार्यक्रम सम्बन्धी संलग्न सूचना २०७४÷०३÷०२ गतेको गोरखापत्र दैनिकमा प्रकाशन गर्ने र उक्त सूचना प्रकाशन सम्बन्धी सूचना रेडियो नेपालबाट मिति २०७४÷०३÷०१ गते बेलुका र २०७४÷०३÷०२ बिहान ७.०० बजेको समाचार अगाडि प्रसारण गर्ने । साथै सो सूचना नेपाल टेलिभिजनबाट मिति २०७४÷०३÷०१ गते बेलुका ८ः०० बजेको समाचार अगाडि प्रसारण गर्ने,

(ङ) आयोगबाट स्वीकृत भएको संशोधित निर्वाचन कार्यक्रम प्रदेश नं. १, ५ र ७ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई समेत लेखी पठाउने एवं उक्त कार्यक्रम मिति २०७४÷०३÷०२ गते आ–आफ्नो कार्यालयमा प्रकाशन गर्न प्रदेश नं. १, ५ र ७ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने ।
प्रदेश नं. १, ५ र ७ को लागि आयोगबाट स्वीकृत भएको संशोधित निर्वाचन कार्यक्रम यसैसाथ संलग्न छ ।
उपरोक्त अनुसारको निर्णय कार्यान्वयन गर्न आयोगले निम्नानुसारको सूचना जारी गर्ने समेत निर्णय गरेको छ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन कार्यक्रम संशोधन सम्बन्धी
निर्वाचन आयोगको अत्यन्त जरूरी सूचना

प्रदेश नं. १, २, ५ र ७ मा २०७४ साल असार १४ गते मतदान हुने गरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागि २०७४ साल असार २ गते उम्मेदवारको मनोनयनपत्र दर्ता सुरु गरी २०७४ साल असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने गरी आयोगले यसअघि निर्वाचन कार्यक्रम स्वीकृत गरी प्रकाशन गरेकोमा नेपाल सरकारबाट प्रदेश नं. २ को निर्वाचन तेस्रो चरणमा २०७४ असोज २ गते गर्ने निर्णय भएकोले सो क्षेत्रको निर्वाचन कार्यक्रम हाललाई स्थगित गरिएको छ । बाँकी प्रदेश नंबर १, ५ र ७ को उम्मेदवारी दर्ता लगायतका कार्यक्रममा केही संशोधन गरिएको छ । संशोधित कार्यक्रम अनुसार प्रदेश नं. १, ५ र ७ मा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्य २०७४ साल असार ४ बाट सुरु गरी २०७४ साल असार ६ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने र साविक कार्यक्रम अनुसार असार १४ गते बिहान ०७.०० बजेदेखि अपराह्न १७.०० बजेसम्म मतदान हुने कार्यक्रम रहेकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । प्रदेश नं. २ बाहेक अन्य क्षेत्रका निर्वाचन अधिकृतहरूले सोही अनुसार कार्यक्रम सञ्चालन गर्नु हुन समेत यसै सूचनाद्वारा जानकारी
गराइन्छ । प्रदेश नं. २ का निर्वाचन अधिकृतहरूका लागि भने आयोगबाट यथाशीघ्र थप निर्देशन पठाइने भएकाले सोही अनुसार गर्नु हुनेछ । प्रदेश नं. १, ५ र ७ को संशोधित विस्तृत निर्वाचन कार्यक्रम आयोगको वेवसाइट धधध।भभिअतष्यल।नयख।लउ मा अपलोड गरिएको छ ।

(सूर्य प्रसाद शर्मा)
सहसचिव एवं प्रवक्ता

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah