काठमाडौँ । अभिनेता पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् ,म्युजिक भिडियो सुटिङका लागि धरान  पुगेका पलले आफूलाई आक्रमण गरेको आरोप लगाउदै प्रधानले उजुरी दिएको बताएका छन् । प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको बताएका छन् ।

धरानमा पललाई लोकेसन हेर्नेदेखि सबै काममा आफूले सहयोग गरेको तर आफूमाथि नै आक्रमण भएपछि उजुरी हाल्न बाध्य भएको उनले बताएका छन् । उनका अनुसार धरानको एक होटलमा खाना खाने बेलामा विवाद उत्पन्न भएको थियो ।पललाई एक कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो तर उनी जान नमानेपछि त्यहीँ विवाद सिर्जना भएको बताइएको छ ।उजुरी परेपछि प्रहरीले शुक्रवार दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah