काठमाण्डाै – नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइ सक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।

अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो ।

उहाँका अनुसार यी कार्ड खरिद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमुना परीक्षणका लागिसमेत पठाइसकेको छ । त्यो ठिक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो, नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ ।’

विभागले गएकाे वर्ष खरिद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा चार सय ५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार पाँच सय छापिने निर्देशक पौडेलले बताउनुभयो । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उहाँको भनाइ छ । विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकाे समयमा तीन ‘शिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो । उहाँले भन्नुभयो, ‘कति घण्टा चलाउने भन्ने चापमा निर्भर गर्छ ।’

कोभिड–१९ का कारण झण्डै १० महिनादेखि राेकिएकाे नयाँ अनुमतिपत्र सरकारले गएकाे पुसमा फेरि खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ । नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्राे नहुने निर्देशक पौडेलले बताउनुभयो ।

‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तिनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ । विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah