नवलपरासीमा संयुक्त लोकतान्त्रिक मधेशी थरुहट मोर्चा नवलपरासीले आन्दोलनलाई जारी राखेको छ । सरकारले २ नं. प्रदेशको चुनाव सारेपनि प्रदेश नं. ५ मा मोर्चाको माग अझै पुरा नगरेको मोर्चाले आरोप लगाउँदै हिजो प्रेस विज्ञप्ती निकाली आन्दोलन जारी रहेको जानकारी दिएको हो ।

केन्द्रको घोषित आन्दोलनमा कार्यक्रम अन्तर्गत राजपा नवलपरासीले गत २९ गतेदेखि आज २ गतेसम्मका लागि जिल्लामा बन्द हडतालका कार्यक्रम तय गरेको थियो ।

राजपाको बन्द एवं आन्दोलनका कार्यक्रमलाई मोर्चाले समर्थन गर्दै जिल्लामा आन्दोलनको कार्यक्रमलाई मोर्चाले नै नेतृत्व गर्न थालेको छ । आज चौथो दिन पनि परासी क्षेत्रमा बन्द यथावत रहेको छ भने यहाँका जनजिवन प्रभावित बनेका छन् ।

मोर्चाका अनुसार सरकारले मधेशीको माग पुरा नगरिकनै असार १४ गते बलजफती निर्वाचन गराउन खोज्यो भने हामी त्यस्को कडा विरोध गर्ने र चुनाव भाड्न हामी बाध्य रहेने जनाएको छ ।

यतिबेला जिल्लाको परासी, बेलाटारी, गोपीगंज, महेसपुर बेलासपुर हकुई लागयतका चोकहरुमा आन्दोलनकर्ता बन्द गराउदै हिँडिरहेका छन् । ठाउँठाउँमा टायर बाल्ने, विरोध ¥याली निकाल्ने र चुनावी प्रचार प्रसार बिथोल्दै आएका छन् ।

मोर्चाले भन्यो, ‘सरकारले हामी मधेशी जनताको माग पुरा गरेन । चुनाव मात्र सारेर हाम्रो माग पुरा हुँदैन । तसर्थ सरकारले हाम्रो माग पूरा नगरे हामी चुनावमा भाग लिदैनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah