काठमाडौं । मन्त्रिपरिषदको निर्णय सुनाउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपा संसदीय दलको मुख्य सचेतक चयन गरिएकोसम्बन्धी जानकारी दिएका छन् ।

त्यसो त, दलको मुख्य सचेतक संसदीय दलको नेताले गर्ने हो । नेकपा संसदीय दलको विधानको दफा १३ मा मुख्य सचेतक वा प्रमुख सचेतक मनोनयन सम्बन्धी व्यवस्था उल्लेख छ । विधानको दफा १३ मा भनिएको छ, ‘दलका नेताले प्रतिनिधिसभाका सदस्य मध्येबाट पार्टीको नेतृत्वमा सरकार रहेको अवस्थामा मुख्य सचेतकको मनोनयन गर्नेछ र अन्य अवस्थामा प्रमुख सचेतकको मनोनयन गर्नेछ ।’

मुख्य सचेतकको मनोनयन मन्त्रिपरिषदसँग सरोकारको विषय नभए पनि मन्त्री गुरुङले पत्रकार सम्मेलनमा भने, ‘यो हप्तामा कतिपय महत्वपूर्ण काम भएको छ, यसै साता नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्ने निर्णय भएको छ ।’ उनले भट्टराईलाई सफलताको शुभकामनासमेत दिए ।

तर उनले भट्टराईको नियुक्ति सरकारले गरेको वा संसदीय दलका नेताका रुपमा रहेका प्रधानमन्त्रीले गरेका हुन् भन्ने प्रस्ट नपारी नियुक्तिको विवरण सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah