गोल्छा समूहको पर्सास्थित एक उद्योगमा गएराति बम विस्फोट भएको छ। पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ को बहुअर्वाभट्टास्थित निर्माणाधीन रहेको हुलास स्टिल एण्ड ईण्ड्रिस्टिज प्रालि उद्योगको भवनमा गएराति विस्फोट गराइएको छ।

विस्फोटबाट उद्योगमा रहेको एउटा कोठाको झ्यालका सिसाहरु फुटेका छन् भने पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले सोमवार राति १० बजे निर्माणाधीन उद्योगबाट विस्फोटको चर्को आवाज आएपछि प्रहरी त्यहाँ पुगेको बताए। प्रहरी पुग्दा निर्माणाधीन उद्योगमा रहेको एउटा कोठाको झ्यालका शिसाहरु फुटेको र एउटा पर्खालमा सामान्य क्षतिसमेत पुगेको पाइएको उनले बताए।

प्रहरीले यसबारे अनुसन्धान चलिरहेको कारण अहिले सम्पूर्ण जानकारी उपलब्ध गराउन नसकिने बताएको छ। केही दिन अगाडि विप्लव समूहले उद्योगका सञ्चालकसँग १५ लाख रुपैयाँ आर्थिक सहयोगको माग गरेको थियो। उद्योगका सञ्चालक शरद गोल्छाले रकम उपलब्ध गराउन इन्कार गरेका कारण विप्लव समूहले विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ।
-पहिलो पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah