दमौली। नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो ।देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमानले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।

गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविरसमेत आयोजना गर्दैछ ।नारी दिवसका अवसरमा म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन २२ र २३ गते राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । प्रतियोगितामा ६ सामुदायिक र तीन निजी विद्यालयका छात्रा सहभागी हुनेछन् ।

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७’ हुने भएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमानुसार फागुन २८ गतेदेखि चैत १ गतेसम्म प्रतियोगिता गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष विनोद घिसिङले बताए ।प्रतियोगितामा प्रत्येक वडाबाट सहभागी हुने छन् । यस पटकको फुटबल प्रतियोगिता वडा नं ३, माझीफेदा खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी सङ्ख्या, अतिरिक्त र अधिकृतसहित १३ जना सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महान्दास लामाले बताए ।

उनका अनुसार यस पटक प्रतियोगितामा पहिलो हुनेले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु ५० हजार र तेस्रो हुनेले रु २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah