नेपाल एयरलाइन्सका चार जना पाइलटलाई उडानमा रोक लागेको छ।

नागरिक उड्डयन क्षेत्रको नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सका अपरेशन विभाग, सेफ्टी विभाग प्रमुखसहित चारजना पाइलटलाई उडानमा रोक लगाएको हो।

हेभी ल्यान्डिङ गरे पनि जानकारी नगराएको विषयलाई लिएर प्राधिकरणले छानबिन नसकिँदासम्म उक्त उडानमा भएका दुई क्याप्टेनलाई पनि उडानमा रोक लगाउने निर्णय गरेको हो।

प्राधिकरण निकट स्रोतका अनुसार उडान सुरक्षाजस्तो विषयमा गम्भीर लापरबाही देखिएको र सो विषयमा अहिले छानविन भइरहेकाले तत्कालका लागि उडानमा रोक लगाउने निर्णय गरिएको हो।

‘हामीले सेफ्टी र अपरेशन प्रमुखलाई छानविन नसकिएसम्मका लागि उडानमा नराख्‍नु भनेर पत्र नै दिइसकेका छौं’ प्राधिकरण निकट स्रोतले भन्यो।

प्राधिकरणले भेषराज सुवेदीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

नेपाल एयरलाइन्सको सेफ्टी र अपरेशन विभाग प्रमुखको उडान लाइसेन्स नै सस्पेन्ड भएको यो पहिलो पटक हो।

गत जनवरी ८ मा दोहाबाट आएको नेपाल एयरलाइन्सको आरए २४० नम्बरको उडान काठमाडौंमा हार्ड ल्यान्डिङ भएको थियो। यो कुरा एयरलाइन्सले एयरबसको सिस्टमबाट एक महिना पछिमात्र थाहा पाएको थियो।

नियमितभन्दा कठिन अवतरण वा उडान भएको जानकारी गराउनु पर्ने पाइलटको जिम्मेवारी भए पनि सो नगरेको भन्दै उडान दलका दुई जना क्याप्टेनलाई एक साताअघि नै उडानमा रोक लगाइएको थियो।

प्राधिकरणले उडान दलमा रहेका पाइलटहरू क्याप्टेन सुनिल श्रेष्ठ र महेशमान डंगोल, सेफ्टी प्रमुख राजु रौनियार र अपरेशन विभाग प्रमुख दिपु जहार्चनलाई तत्कालका लागि उडानमा रोक लगाएको छ।

छानविन समितिको प्रतिवेदनपछि प्राधिकरणले अध्ययन गरेर यसबारेमा थप निर्णय गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah