अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराएका छन् ।पूर्वप्रमुख आयुक्त बस्न्यातको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलास तोकिएको थियो । सो निवेदनको सुनुवाइको क्रम संख्या ‘ठ’मा थियो ।

तर बस्न्यात आफैले निवेदनको पेसी स्थगित गरी पाउन निवेदन इजलासले मागबमोजिम हुने गरी अनुमति दिएको हो । अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई बालुवाटारको ललिता निवास प्रकरणमा दोषी ठहर्याउँदै गत मंसिर २८ गते विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो अदालतका अध्यक्ष प्रेमराज कार्की तथा सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाई व्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको आरोप लागेपछि विशेष अदालत हाजिर हुन पुगेका बस्न्यातलाई शुरुमा बयान लिइएको थियो । लामो समय बयान लिएर बस्न्यातलाई धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने वा थुनामा पठाउने भन्ने सम्बन्धमा बहस भएको थियो ।
अदालतले तत्काल प्राप्त प्रमाणबाट बस्न्यात दोषी हो भन्ने देखिएको उल्लेख गर्दै उनलाई कानुनले पाउने सिदा खान पाउने गरी कारागार पठाउन आदेश दिएको हो । सो आदेशबमोजिम उहाँ हालसम्म डिल्लीबजार कारागारको थुनामा छन् ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah